८ असार २०८३, सोमबार

विश्वकप छनोट : सुपर सिक्समा आज नेपाल र कतार भिड्दै

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज (सोमबार) नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् ।

ओमानमा जारी खेलमा सोमबार अंकविहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ ।

आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ ।

नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ । सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।