काठमाडौं, २६ असोज । नेकपा (एमाले) ले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ ।
आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति तोक्न भने बाँकी छ ।
मिति र स्थान कमिटी बैठकले निर्धारण गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
मिडिया ट्रायल सुपरफ्लप
नेकपा(एमाले)को सचिवालय बैठक अघि भएको मिडिया ट्रायल सुपरफ्लप भएको छ।
बैठकमा १२ जना पदाधिकारीले संकटको घडीमा नेतृत्वको सम्मान, प्रतिरक्षा र बचाउ गर्नुपर्ने धारणा राखेका थिए ।
यसैगरी, ३ जनाले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न र २ जनाले राष्ट्रिय अभिभावक बन्न सुझाव दिएका थिए ।
बैठकले प्रतिनिधिसभा पुन:स्थापना र मंसिर अन्तिम साता ११ औं राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मत निर्णय लिएको छ ।








प्रतिक्रिया