३० जेष्ठ २०८३, शनिबार

संसद पुनर्स्थापना हुनुपर्ने एमालेको निष्कर्ष

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेकपा (एमाले) ले संसद पुनर्स्थापना हुनुपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबारदेखि जारी सचिवालय बैठकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै संसद पुनर्स्थापना हुनुपर्ने निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको उनको भनाइ छ ।

‘सम्माननीय राष्ट्रपतिज्यूले यो सरकारलाई निर्वाचनको कार्यादेश दिनुभएको छ। तर सरकार निर्वाचनको बाटोमा होइन। निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडिरहेको हामीले अनूभूत गरेका छौँ’ ज्ञवालीले भने।