काठमाडौं, २६ असोज । यूएईमाथि नेपालले रोमान्चक जित हात पारेको छ।
नेपालसँग यूएई १ रनले पराजित भएको हो । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले नाटकीय जित दर्ता गरेको हो ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।
जितसँगै नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ ।
यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । नेपालको लागि भने ओपनर आसिफ शेखको अर्धशतक बनाए । उनले मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
आसिफले ४७ बलमा ५१ रन, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेले २० रन बनाए । यस्तै, गुल्शन झाले ५ बलमा १४ रन बनाए ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १/१ विकेट लिएका थिए ।








प्रतिक्रिया