१८ असार २०८३, बिहिबार

सीके राउतको जनमत पार्टी फुट्यो, २० प्रतिशत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोगमा निवेदन

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । डा.सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ ।

पार्टीका २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यले पार्टी जनस्वराज नामको नयाँ पार्टी दर्ताका लागि हस्ताक्षरसहित आइतबार निर्वाचन आयोगमा पुगेर निवेदन पेश गरेका हुन् । ५२ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशतको हस्ताक्षरसहित निवेदन परेको छ । यद्यपि सनाखत गर्ने काम बाँकी रहेको छ ।

उपाध्यक्ष दिपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादव सहित २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको जनमतका तत्कालिन कोषाध्यक्ष यादवले जानकारी दिएका छन् ।