२ श्रावण २०८३, शनिबार

इफ, बट केही नभनी ओली, देउवा र प्रचण्डलाई बिदा गरौँ : गगन थापा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन प्रमुख नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल बिदा गर्न आग्रह गरेका छन्।

थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै, अब देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको भन्दै ती तीन नेतालाई बिदा गर्नुपर्ने बताएका हुन्।

उनले भने, “इफ, बट केही नभनी, अब सुधारको सुरुवात ती नेताहरूलाई बिदा गरेर गर्नुपर्छ।” थापाले यसका लागि तीनवटै दलबीच संवाद सुरु गर्नुपर्ने र परिवर्तनको पहल पार्टीभित्रैबाट गर्नुपर्ने आवश्यकता औंल्याए।