५ असार २०८३, शुक्रबार

हमासले भन्यो– हामीसँग २० बन्धकमात्रै जीवित छन्

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । हमासले आफूसँग २० बन्धक जीवित रहेको पुष्टि गरेको छ । आइतबार हमासले जीवित रहेका २० बन्धकलाई हस्तान्तरण गर्न तयार रहेको बताएको वाल स्ट्रीट जर्नलले जनाएको छ ।

हमासले आइतबार मध्यरातअघि जीवित बन्धकलाई रिहा गर्ने विश्वास गरिएको छ । यसअघि, हमासले सोमबार बिहानसम्म जीवित र मृतक सबै बन्धकलाई रिहा गर्ने बताएको थियो ।

अन्तर्राष्ट्रिय रेड क्रस कमिटीका प्रतिनिधिलाई बन्धक हस्तान्तरणको तयारीका लागि हमासले जीवित बन्धकलाई भेला गर्न थालेको छ बताइएको छ ।