२५ जेष्ठ २०८३, सोमबार

इजरायलले भन्यो– नेपाली युवक विपीन जोशी जीवित रहेको प्रमाण भेटिएको छैन

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवक विपीन जोशी जीवित रहेको कुनै प्रमाण नभेटिएको जनाएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सल्लाहकार जनरल गल हिर्शले इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपीन जोशी जीवित रहेको प्रमाण हालसम्म आफूहरूलाई प्राप्त नभएको जानकारी दिएका हुन्।

विपीनसहित दुई जनाको अवस्था अझै अज्ञात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।