२ असार २०८३, मंगलबार

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । सोही दिन एक तोला चाँदी तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।