२७ असार २०८३, शनिबार

हरेक काम जनतासँग जोडिएर गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताएका छन् । उनले जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुने बताएका हुन् ।

आज वीरेन्द्रनगरमा नेकपा (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले आफूलाई राम्रो लाग्ने कामभन्दा पनि जनताले समर्थन गर्ने, जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले सुरक्षित र स्थिर समाज निर्माण गर्न जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुन आवश्यक रहेको उल्लेख गरे । जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरूलाई वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति अन्त्य गर्न र सर्वदलीय बैठकमार्फत साझा समस्या समाधान गर्न निर्देशन दिए ।

मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिलाई आफ्ना कामहरूको नियमित समीक्षा गर्न, गल्ती सुधार गर्न र सही अभ्यासलाई संस्थागत बनाउन आग्रह गरे ।