२१ असार २०८३, आइतबार

‘सुशीला कार्कीले न त हामीलाई न्याय दिन सक्नुभयो, न हाम्रो माग पूरा गर्न सक्नुभयो’

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मारिएका शहीदहरूको परिवारले राज्यबाट न्याय नपाएको गुनासो गरेका छन् ।

शहीद परिवारका सदस्य कमल सुवेदीले शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार, राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको उदासीनताप्रति गम्भीर आपत्ति जनाए ।

उनले भने, ‘जो जेनजी होइनन्, उनीहरू राष्ट्रपतिसँगको छलफलमा सहभागी भएका छन् । तर हामी शहीद परिवारका कसैलाई छिराइएको छैन । हामीलाई अहिलेसम्म कुनै औपचारिक छलफलमा समेत राखिएको छैन ।’

सुवेदीले जेनजी आन्दोलनबाटै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले समेत पीडित परिवारलाई बेवास्ता गरेको बताए ।

‘सुशीला कार्कीले न त हामीलाई न्याय दिन सक्नुभयो, न हाम्रो माग पूरा गर्न सक्नुभयो । आजसम्म उहाँले एउटा छलफलका लागि पनि बोलाउनुभएको छैन्,’ सुवेदीले भने ।

गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाउँदै सुवेदीले भने, ‘गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल गर्नुभएको छैन । हामी सडकमा बोलिरहेका छौँ, तर सरकार कानमा तेल हालेर बसेको छ ।’

उनले जेनजी आन्दोलनका अपराधीलाई कारबाही गर्ने भन्दै गठित छानबिन आयोगको प्रभावकारितामाथि पनि प्रश्न उठाए ।

‘न्याय खोज्दाखोज्दै हामी थाकिसक्यौँ । छानबिन आयोग त बनाइयो, तर खै त ? आजसम्म कसैलाई कारबाही गरिएको छैन,’ सुवेदीले आक्रोश पोख्दै भने ।