२१ असार २०८३, आइतबार

मन्त्री बन्न लागेकी टासी ल्हाजोमको नागरिकता विवाद तत्काल छानबिन गरियोस् : जेनजी कर्णाली

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । जेनजी कर्णालीले अन्तरिम सरकारमा कर्णाली प्रदेशको प्रतिनिधित्वको रूपमा टासी ल्हाजोम मन्त्री बन्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जेनजी कर्णालीले टासी ल्हाजोमको नागरिकताको विवाद रहेकाले त्यससम्बन्धी विषयमा तत्काल छानबिन गर्न माग गरेको हो ।

‘टासी ल्हाजोम (फ्री तिब्बत अभियानसम्बन्धी कुनै गतिविधि वा राजनीतिक अभियानमा संलग्नताको अपुष्ट समाचार प्राप्त भएको हुँदा) नेपाल–चीन सम्बन्धका सन्दर्भमा संवेदनशीलता कायम राखी, कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पारियोस् ।’ जेनजी कर्णालीका संयोजक सुप्रिया शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनमा टासी ल्हाजोमको सहभागीता तथा योगदाना र कर्णाली प्रदेशका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनका योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गरियोस् ।’

जेनजी कर्णालीले सरकारमा कर्णालीको प्रतिनिधित्व गर्ने कुरामा कर्णालीका जेनजी समूहहरुसँग छलफल तथा परामर्श नगरी कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।