
काठमाडौं, २४ असोज । गायक अर्जुन सापकोटा र प्रिया भण्डारीको स्वर रहेको नयाँ गीत ‘म त पत्याउन्न केरे’ सार्वजनिक गरिएको छ ।
मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियो शुक्रबार ‘प्रिया भण्डारी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सन्तोष सापकोटाको शब्द रहेको प्रेमिल गीतमा गायक सापकोटाकै संगीत रहेको छ भने एचबीएन किस्मतको मिक्सिङ/मास्टरिङ रहेको छ ।
म्युजिक भिडियोमा अर्जुन सापकोटा, गीता ढुंगाना लगायतको अभिनय रहेको छ ।









प्रतिक्रिया