२ असार २०८३, मंगलबार

ओलीको सुरक्षामा भूपूसैनिक–प्रहरी र युवा संघ खटिने

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन् ।

एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले यस्तो जनाकारी दिएका हुन् । ‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो । जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन्’ उनले भनेका छन् ।

सरकारले पूर्वप्रधानमन्त्री लगायतका उच्चपदस्थहरुले राखेका सुरक्षाकर्मीहरु घटाएपछि पार्टीका कार्यकर्ताहरु नै सुरक्षामा बस्न लागेका हुन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षामा वाइसिएल र पूर्वजनमुक्ति सेना राख्ने निर्णय गरेका थिए ।