काठमाडौं, २४ असोज । पूर्वगृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।
आज उनी नेपाली कांग्रेसको पदाधिकारी बैठक लगत्तै सार्वजनिक भएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा भएको घटनाले आफू दुखी भएको बताए ।
यस्तै उनले आन्दोलनका क्रममा गोली चलाउन आफूले र तत्कालीनक प्रधानमन्त्रीले आदेश नगरेको पनि स्पष्ट पारेका छन् ।
‘प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको कुराहरू आएका छन् । यी विषयहरूमा (गोली चलाउने) प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्री जोसुकै भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गर्ने हुँदैन । कुनै बल प्रयोगगको आदेश गरिएको छैन प्रधानमन्त्री र मेरो तर्फबाट’, लेखकले भने ।
आन्दोलन लगत्तै मातृशोकमा परेका लेखक आमाको काजकिरिया सकेर सार्वजनिक भएका हुन् । उनी सेतो वस्त्र लगाएर सार्वजनिक भएका थिए ।








प्रतिक्रिया