२२ जेष्ठ २०८३, शुक्रबार

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, १५.७८ प्रतिशत लाभांश पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको छ । साथै, साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आ.व. २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी, सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भिमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले आ.व. २०८२/०८३ को लेखापरीक्षण नियुक्ति गर्नका लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले निरन्तर रुपमा दोहोरा अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।