२९ जेष्ठ २०८३, शुक्रबार

जेनजी आन्दोलन : पत्रकार, कलाकारदेखि युट्युबरसम्मलाई मुद्दा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । जेन-जी आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोप लगाउँदै पत्रकार, कालाकारदेखि युट्युबरसम्मलाई मुद्दा दायर गरिएको छ ।

राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा आरोपित गर्दै अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका हुन् ।

उनीहरूले कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के.सी., युजन राजभण्डारी, रामकुमार खड्कालगायतमाथि कारबाही माग गर्दै किटानी जाहेरी दिएका हुन् ।