१७ असार २०८३, बुधबार

हुम्लाको चंखेलीमा जीप दुर्घटना : बाबुछोरीसहित ३ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ असोज । हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ यात्रु घाइते भएका छन् ।

चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याप जीप सडकबाट ३ सय मिटर तल खसेको थियो ।

नजिकैको स्वास्थ्य चौकीमा उपचार गराइरहेकामध्ये गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरीले बतायो ।