२६ जेष्ठ २०८३, मंगलबार

नेपालका ६ महिला क्रिकेटरले मलेसियाको प्रतियोगिता खेल्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ खेलाडीले मलेसियामा हुने प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

नेपाली राष्ट्रिय टिमका सीता रानामगर, कविता जोशी, राजमती ऐरी, रुविना क्षेत्री, पूजा महतो र कविता कुँवरले मलेसियन क्रिकेट संघको आयोजनामा हुने एमसीए महिला इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा सहभागिता जनाउने भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्तिमार्फत यी खेलाडीले अक्टोबर १८ देखि २८ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने जनाएको हो ।

नेपाली महिला टिमले हालैमात्रै मलेसियामा घरेलु टिमसँग पाँच खेलको टी–२० शृंखला खेलेको थियो । उक्त शृंखला नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो ।