
काठमाडौं, २४ असोज । धादिङमा यात्रुबाहक बस र टिप्पर ठोक्किँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, पृथ्वी लोकमार्गअन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु.प्र.०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ८ ख २५९१ नम्बरको टिप्पर जुधेका हुन् ।
दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका–५ की ३६ वर्षीया सरु रावत क्षत्री, १६ वर्षीया प्रविसा रावत, सिन्धुली घर भई हाल काभ्रे पनौती बस्ने २२ वर्षीया निर्मला घिसिङ, कैलाली गोदावरी नगरपालिका–१० की २४ वर्षीया पवित्रा चौधरी, बर्दिया गुलरिया नगरपालिका–४ की २३ वर्षीया अनिसा भण्डारी, बाँके कोहलपुर नगरपालिका–३ की २३ वर्षीया सरस्वती मल्ल, २८ वर्षीया कविता वली, खजुरा गाउँपालिका–४ का ३५ वर्षीय सोमसिंह सुनार, मुगु कर्मारोङ गाउँपालिका–१ की २२ वर्षीया कोल्सुङ निमा, अछाम तुर्माखाँद गाउँपालिका–७ का २५ वर्षीय गणेश चलाउने र काभ्रेका १७ वर्षीय कोनिकेश लो घाइते भएका प्रहरीले जनाएको छ ।







प्रतिक्रिया