
काठमाडौं, २४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नोबेल पुरस्कारप्रतिको मोह झनै बढ्दै गएको छ । लामो समयदेखि उनले नोबेल पुरस्कारको लागि आफूलाई सिफारिस गर्दै आएका छन् ।
बिहीबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद् बैठकमा फेरि पनि ट्रम्पले आफ्नो दाबी दोहोर्याए र आफू ७ वटा नोबेल पुरस्कारको हकदार रहेको दाबी गरे । उनले आफूले सात युद्ध र द्वन्द्वहरू समाधान गरेको उल्लेख गरे । गाजा–इजरायलको बारेमा बोल्दै उनले भने कि सफल भयो भने आठौं हुनेछ ।
बैठकमा उनले केवल ७ महिनामा मैले ७ वटा यस्ता युद्ध समाप्त गरेको र यो अरु कसैले नसक्ने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘यी युद्धहरू लामो समयदेखि अन्त्य हुन सकेनन् । केही ३१ वर्षदेखि चलिरहेका थिए, एउटा ३६ वर्षदेखि । सबै युद्धहरू चलिरहेका थिए, हजारौं मानिसहरूको मृत्यु भयो,’ ट्रम्पले भने ।
ट्रम्पका अनुसार समाप्त भएका युद्धमा कम्बोडिया र थाइल्याण्ड, सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल र इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया र अजरबैजान बीचका द्वन्द्वहरू समावेश छ ।







प्रतिक्रिया