१५ असार २०८३, सोमबार

काबुलमा श्रृंखलाबद्ध विस्फोट र गोलीको आवाज, पाकिस्तानी हवाई हमलाको अपुष्ट दाबी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार राति श्रृंखलाबद्ध विस्फोट र गोलीका आवाजहरू सुनिएका छन् । घटनाको कारण र सम्भावित क्षतिको अवस्था अझै स्पष्ट नभएको स्थानीय सञ्चारमाध्यम र बासिन्दाले बताएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा आकाशमा उज्यालो चम्किएको देखिन्छ, जसका कारण अज्ञात विमानद्वारा हवाई हमला भएको अपुष्ट दाबीहरू भइरहेका छन् ।

तालिबानको अन्तरिम प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस विषयमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । उनले ‘एक्स’मार्फत भनेका छन्, “कसैले पनि चिन्ता लिनु पर्दैन । सबै कुरा सामान्य र ठीक छ ।”

उनले अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआएको पनि उल्लेख गरेका छन् ।