काठमाडौं, २३ असोज । आज काठमाडौंको माइतीघरबाट पक्राउ परेका डा. निकोलस भुषालले गाँजा सेवन गरेको पुष्टि भएको छ ।
जेनजी आन्दोलनमाथि घात भएको भन्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका भुषालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउपछि गरिएको स्वास्थ्य जाँचमा उनले गाँजा सेवन गरेको पुष्टि भएको हो । उनलाई सुधार केन्द्रमा राख्ने शर्तमा रिहा गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया