२ श्रावण २०८३, शनिबार

पुटिनले पहिलो पटक स्वीकारे अजरबैजानी विमान दुर्घटनामा भएको कमजोरी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । सन् २०२४ मा अजरबैजानको यात्रुवाहक विमान दुर्घटना रूसका कारण हुन पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक स्वीकार गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँगको भेटमा पुटिनले रुसले युक्रेनी ड्रोनलाई लक्षित गरी क्षेप्यास्त्र परिचालन गरेको र ती विमानबाट केही मिटर टाढा विस्फोट भएको बताएका हुन् ।

उनले भने, “रुसले यस्ता दुखद घटनामा क्षतिपूर्ति प्रदान गर्न आवश्यक सबै काम गर्नेछ र सबै अधिकारीहरूको कार्यको कानुनी मूल्याङ्कन गरिनेछ ।”

अजरबैजानी एम्ब्रेयर विमान आकाशबाट उच्च गतिमा अकताउ विमानस्थलको धावनमार्गभन्दा तीन किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो भने न ३८ जनाको मृत्यु भएको थियो।

अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाको कारण शङ्कास्पद रहेको र सम्भावित मिसाइल आक्रमणको संकेत देखिएको उड्ययनविद्हरूले बताएका थिए।

‘एम्ब्रेयर १९०’ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्याको ग्रोज्नी शहरतर्फ उडान भर्ने क्रममा क्यास्पियन समुद्र पार गर्दै काजाकिस्तानको अक्टाउ नजिक दुर्घटना भएको थियो।