२१ जेष्ठ २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौंसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त होटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवासहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

र्‍याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटेलसमेत) २० प्रतिशत, पेस्ट्री खरिद र ट्यानक्विलिटी स्पा सेवामा १५–१५ प्रतिशत तथा र्‍याडिसन फिटनेस सेन्टर (जिम)मा २० प्रतिशत छुट हुनेछ ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यसअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहनेगरी मासिक रुपमा भुक्तान गर्न मिल्नेगरी रुपान्तरण गर्न समेत सक्नेछन् ।