९ श्रावण २०८३, शनिबार

‘कमेडी दरबार’ टिमको फिल्म ‘ककाकिकी’को छायांकन सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नयाँ फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ ।

बिहीबार बिहान शुभमुहूर्त गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् ।

अहिले छायांकनमा फिल्मका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन् । साथै, अभिनेत्री गौरी मल्ल केही दिनमा पुग्ने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् । प्रसाईंका अनुसार आजैबाट छायांकन सुरु भएको छ । अन्य केही कलाकार बीचमा जोडिँदै जानेछन् ।

फिल्म ‘ककाकिकी’ चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । कमेडी दरबारकै निर्देशकद्धय बिक्की र श्रृद्धाले नै फिल्मलाई निर्देशन गर्दैछन् भने फिल्मको लेखक पनि बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारी हुन् ।

यस्तै, फिल्ममा स्क्रिन प्ले पनि बिक्की कै रहेको छ भने विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रुपमा रहेका छन् । फिल्मको सहायक निर्देशन अनिष बुढाथोकीले गर्नेछन् । फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् ।

Skip This