२३ असार २०८३, मंगलबार

टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मा गएराति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो ।

नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो ।

कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई –दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए ।

यस्तै, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए ।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिए । मोहम्मद आकिफ फरुकले एक विकेट लिए ।

अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।