१६ असार २०८३, मंगलबार

राष्ट्र बैंकले हटायो बैंक तथा वित्तीय संस्थाहरूको २० प्रतिशत लगानी बिक्री सीमा

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि लागू गरिएको प्राथमिक पूँजीको २० प्रतिशत लगानी बिक्री सीमा हटाउने निर्णय गरेको छ।

नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले बजार परिस्थिति र आफ्ना आवश्यकता अनुसार लगानी बिक्री गर्न सक्ने भएका छन्। तर, सूचीकृत सेयर र डिबेञ्चर कम्तीमा ६ महिना राख्नुपर्नेछ।

पहिले यो अवधि एक वर्ष तोकिएको थियो। यसले संस्थाहरूलाई अधिक लचिलोपन प्रदान गरेको छ।

त्यस्तै, सूचीकृत नभएका संस्थामा गरिएको लगानी तीन वर्षभित्र सूचीकृत हुनुपर्ने नियम भने यथावत छ। अन्यथा, त्यस रकम लगानी समायोजन कोषमा राख्नुपर्नेछ।

राष्ट्र बैंकले स्पष्ट पारेको छ कि कर्जा सूचना केन्द्र, नेपाल क्लियरिङ हाउस, नेशनल बैंकिङ इन्स्टिच्युट, नेप्से, पूर्वाधार विकास बैंक, र भुक्तानी प्रणाली कम्पनीहरूमा गरिएको लगानीमा यो व्यवस्था लागू हुने छैन।