
काठमाडौं, २२ असोज । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया बैंकका ग्राहकहरुले हस्पिटलमा ओपीडी, डायग्नोस्टिक्स, शल्यक्रिया, ब्रान्डेड अप्टिकल र ननब्रान्डेड अप्टिकल सेवा लिँदा छुट सुविधा उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








प्रतिक्रिया