काठमाडौं, २२ असोज । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साइबर ब्युरोमा बयान दिएका छन् ।
शोभा पाठकले साइबर अपराधको आरोप लगाउँदै दिएको जाहेरीको आधारमा ब्युरोले आज सोधपुछ गरेको हो ।
जेनजी प्रदर्शनपछि बस्नेतले पीडितलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्युरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।









प्रतिक्रिया