
काठमाडौं, २२ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन् ।
जेनजी आन्दोलन, अन्तरिम सरकार गठनपछि संसद विघटनसँगै फागुन २१ गतेका लागि प्रतिनिधि सभा चुनाव मिति तय भइसकेको अवस्थामा पछिल्लो दिनको घटनाक्रमप्रति संकेत गर्दै महासचिव पोखरेलले राष्ट्रसामु नयाँ चुनौती थपिएका र यसको सामना गर्नुको विकल्प नरहेको बताएका हुन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।









प्रतिक्रिया