३० जेष्ठ २०८३, शनिबार

रामेछाप–काठमाडौं रुटमा सातामा तीन दिन उडान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २२ असोज । रामेछाप–काठमाडौं रुटमा हवाई उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा मंगलबारदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् ।

केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौं उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण विपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो ।

मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौंको दूरी करिब २०० किमी छ ।

अबदेखि प्रत्येक बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।