१३ असार २०८३, शनिबार

सहिद परिवारका १४० सदस्यको निःशुल्क बीमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २१ असोज । प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बीमा गर्न बाँकी छ ।

मधेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बीमा गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

सहिद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत तीन हजार ५०० रुपैयाँ बीमा शुल्क प्रदान गर्दै आएको छ ।