१५ कार्तिक २०८३, आइतबार

बालेन, सुदनलाई पक्राउ गर्न माग गर्दै विद्यार्थी नेताहरू काठमाडौं प्रहरी परिसरमा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङलाई पक्राउ गर्न माग गरेको छ ।

अखिलका नेताहरू बालेन र सुदनलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका हुन् ।

२४ भदौको जेनजी आन्दोलनमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकाय जलाउनमा बालेन र सुदनको हात रहेको भन्दै उनीहरू किटानी जाहेरी लिएर प्रहरी परिसर पुगेका हुन् ।