३२ असार २०८३, बिहिबार

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने एक जना पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २१ असोज । गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आगजनीपछि फरार भएको सूचनाका आधारमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा–७ राष्ट्र बैंक चोक बस्ने २२ वर्षीय संयोग थापालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनले नेपाल राष्ट्र बैंकको पर्खाल छेउमा रहेको एनआइएमबी बैंकको ‘एटिएम मेसिन’को ‘स्क्रिन’मा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।