२८ असार २०८३, आइतबार

लाङटाङमा अलपत्र परेका १२ जनाको सकुशल उद्धार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २१ असोज । लाङटाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेना लगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् ।

पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो । सबैलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

लाङटाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् ।