
काठमाडौं, २१ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हालै भएको जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईंले जेनजी आन्दोलन पश्चिमाहरुको डिजाइनमा भएको भन्दै देश कहाँ पुग्यो र देशलाई कहाँ लगिँदै छ ? भन्दै प्रश्न गरे ।
प्रसाईंले संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि ०४७ सालको संविधान पुनःस्थापना गर्नु आवश्यक रहेको दाबी गरेका छन् । त्यसका लागि काठमाडौं केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन पनि उनले अनुरोध गरेका छन् ।
प्रसाईंले फेसबुकमा लेखेका छन्–
नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?
हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुदै गिरिजा, देउवा, प्रचण्ड, ओली हुदै आज जिएनजी आन्दोलनको नाममा पश्चिमाहरुको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशिला कार्कीको सरकार,त्यसमा पनी नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गुरुङ्ग ! भनेपछी देश कहाँ पुग्यो र देश लाई कहाँ लगिदै छ? त्यहि भएर धैर्य गर्नुस राजा,देउता,धर्म र संस्कृती खोपीमै भए पनि चाहिदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संबिधान पुन:स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरुका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहनुहोला !!!
साथै लघुवित्त पिडित, सहकारी पिडित, बैंकबाट कालो सुचिमा परेका र घरबार लिलाम भएका सम्पुर्ण अभियान्ताहरुलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।








प्रतिक्रिया