६ असार २०८३, शनिबार

टी–२० विश्वकप छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ ।

विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।