
काठमाडौं, १९ असोज । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।








प्रतिक्रिया