२५ असार २०८३, बिहिबार

बाँकेमा निषेधाज्ञा जारी

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

​बाँके, १९ असोज । ​जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा शनिबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।

बडादशैंको दूर्गा मूर्ति विसर्जन गर्ने क्रममा केही स्थानमा विवाद भएपछि प्रशासनले साँझ ७ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । प्रशासनले डुडुवा गाउँपालिका ६, नेपालगञ्ज उपमहानगरपालिका १४, १५ र २३ तथा नरैनापुर गाउँपालिका वडा नं. ५ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अहिले अवस्था सामान्य रहेको र केहीबेरमा बैठक बसेर निर्णय लिने बताए ।