३२ असार २०८३, बिहिबार

सप्तकोशी ब्यारेजका १५ वटा ढोका खोलियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १९ असोज । शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड एक लाख नौ हजार ३६० क्युसेक पुगेको छ ।

पानीको बहाव बढ्न थालेपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये शनिबार रातिसम्म १५ वटा ढोका खोलिएका छन् ।

शनिबार दिउँसो पानीको बहाव एक लाख दुई हजार ३५ क्युसेक थियो । साथै, तराई मधेस र पूर्वी पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

स्थानीय प्रशासनले कोशी ब्यारेज आसपास बस्नेहरूलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।