
काठमाडौं, १८ असोज । भारी वर्षाका कारण पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला आसपासको क्षेत्रमा पहिरो खस्ने क्रम रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले बिहान ६ बजेदेखि यातायात पूर्णतयाः बन्द गरिएको जनाएको छ । यसअघि असोजको पहिलो साता नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोलामा पहिरो जाँदा ३६ घण्टा सडक अवरोध भएको थियो ।








प्रतिक्रिया