२९ जेष्ठ २०८३, शुक्रबार

गत वर्षको असोज १२ जस्तै जोखिम हुने खतरा छ, सतर्कता अपनाऔँ : कांग्रेस

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले प्रक्षेपित भारी वर्षाको प्रतिकूलतासँग जुध्नका लागि सरकार, दलहरु र नागरिकलाई सजग रहन अपिल गरेको छ ।

गत वर्षको असोज १२ मा भएको जनधनको ठूलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पूर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका यात्रुहरुलाई मार नपर्ने गरी काम गर्न आह्वान गरेका छन् ।

‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौँ, गराऔँ,’ पौडेलले अपिलमार्फत भनेका छन् ।