३२ असार २०८३, बिहिबार

बजेट अभावले छोरी शिक्षा बीमा कार्यक्रम स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १७ असोज । मधेश प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रम बजेट अभावका कारण स्थगित गरिएको छ ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियकां यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताइन् ।

कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ र आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बीमा गरिएको थियो ।

कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताइन् । एक जना छोरीको बीमा गर्दा ३७ हजार ४५७ रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।