११ श्रावण २०८३, सोमबार

रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १७ असोज । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पुर्‍याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।