काठमाडौं, १६ असोज । नेपाल अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा मलेसियासँग ३ रनले पराजित भएको छ । मलेसियाको कुआलालम्पुरमा सिरिजमा मलेसियाले नेपाललाई ३ रनले हराउँदै जीत आफ्नो पोल्टामा पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्।
मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ बनाएले थियो । नेपालका लागि पुजा महतोले सर्वाधिक ३० बनाइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ बनाइन् ।








प्रतिक्रिया