२८ असार २०८३, आइतबार

कुमारी आर्यतारा शाक्यले लगाइदिइन् सर्वसाधारणलाई दशैंको टीका (तस्वीरहरु)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई आज दशैंको टीका लगाइदिएकी छन् । हनुमानढोकास्थित कुमारीघरमा कुमारी आर्यताराले आज बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिएकी हुन् । जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो । जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ ।