२८ जेष्ठ २०८३, बिहिबार

जेनजी आन्दोलन : मधेसका २९७ कार्यालयमा क्षति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १६ असोज । जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट सात करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन् भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले दुई करोड छ लाख ७८ हजार तीन सय ८० रुपैयाँ मूल्य बराबरका सवारी साधन जलाएका छन् ।