२६ असार २०८३, शुक्रबार

झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १५ असोज । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो ।