३२ असार २०८३, बिहिबार

बैतडीमा भ्यान दुर्घटना, तीन जना गम्भीर घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १५ असोज । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ नम्बरको भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।